Logo

साउदीबाट फर्किए १७ हजार नेपाली



साउदी अरेबिया । साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन्। साथै ९८ शव पनि फिर्ता भएको छ।

स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ।

उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले गर्नुको साथै नियमित रूपमा ट्रान्जीट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा, सलाम एरलाइन्सलेसमेत आफ्नो उडान चालु गरेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता