Logo

मेस्सीले २८ बर्ष पछि दिलाए कोपा अमेरीकामा अर्जेन्टिनालाई उपाधि



निक्कै रोमाञ्चक रहेको कोपा अमेरिका फुटबलको फाइनल खेलबाट उपाधि अर्जेन्टिना पक्षमा भएको छ । नेपाली समय अनुसार आइतबार सबैरै माराकाना रंगशालामा उक्त फाइनल खेल भएको थियो । खेलमा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए । उक्त एक गोल नै आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जित्न काफी थियो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता