Logo

युरो २०२० को फाइनलमा पुगेको इंगल्यान्डलाई युईएफएले कारवाही गर्ने, के हो घटना ?



काठमाडौँ । युरो २०२० को फाइनलमा पुगेको इंगल्यान्ड का रवाही मा परेको छ । इंगल्यान्डलाई युईएफएले कारवाही गर्ने भएको छ । युईएफएले विहिवार एक विज्ञप्ती जारी गर्दै इंगल्यान्डलाई का रवा ही गर्ने जनाएको हो । बुधवार दोस्रो सेमिफाइनल खेलमा इंगल्यान्ड र डेनमार्क प्रतिस्पर्धी थिए । जसमा इंगल्यान्डले २, १ को जित हासिल गरेको थियो । इंगल्यान्डको जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । उनले आतिरिक्त समयमा पेनाल्टी गोल गरे ।

केनको पेनाल्टी सामना गर्ने डेनिस गोलरक्षक थिए, कास्पर स्माइकल । पेनाल्टी सामना गर्दैगर्दा उनलाई ‘लेजर लाइट’ देखाइएको थियो । यस विषयमा युरोपियन फुटबल संघ (युईएफए)ले इंगल्यान्डलाई कारबाही गर्ने भएको छ । बिहीबार युईएफएले एक विज्ञप्ती जारी गर्दै इंगल्यान्डले कारबाही भोग्‍ने जानकारी गराएको हो ।

वेम्बली रंगशालामा खेल सुरु हुनु अघि डेनमार्कको राष्ट्रिय गान बजाईदा इंगल्यान्ड समर्थकले होहल्ला गर्ने र पटका पड्काउने कार्य समेत गरेका थिए । यस विषयमा पनि युईएफएले इंगल्यान्डलाई कारबाही गर्ने भएको छ । ‘युईएफएको अनुशासन समितिले आवश्यक निर्णय लिनेछ,’ युईएफएले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता