आकस्मिक बाहेक अपरेशन नगर्न निर्देशन, काठमाडौं सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं । सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आकस्मिक बाहेकका अपरेसन नगर्न काठमाडौं उपत्यकाका अस्पतालहरुलाई निर्देशन दिएका हुन् ।
यस निर्णयले आईसीयू र भेन्टिलेटरको अभाव झेलेका कोरोना संक्रमितलाई लाभ मिल्ने सरकारको अपेक्षा रहेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा बनाउन गर्ने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।