Logo

अमेरिकामा कोरोना बिरामीलाई रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति



एजेन्सी–राष्ट्रपतीय निर्वाचनको दोस्रो बहस हुनु केहीबेर अघि अमेरिकाको खाद्य तथा औषधि निकाय (एफडीए) ले औपचारिक रूपमा कोभिड–१९ विरूद्धको पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।

 

 

 

नशाहरूमार्फत् दिइने यो औषधि यसअघि ट्रम्प कोरोनाभाइरसबाट संक्रमित हुँदा प्रयोग गरिएको थियो।

 

एफडीएले उक्त औषधि १२ वर्षभन्दा माथिको कम्तिमा ४० किलो तौल भएका बिरामीलाई दिन सकिने जनाएको हो।

 

 

 

यसअघि मे महिनामा अमेरिकामा आपतकालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभिरलाई अनुमति दिइएको थियो। अमेरिकाको यो कदम सुरक्षित रहे नरहेको बारे बहस भइरहेको छ। विश्व स्वास्थ्य संगठनले यो औषधि प्रभावकारी नभएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता