Logo

जाडोमा कोरोना थप संक्रामक हुनसक्ने नयाँ अनुसन्धानको निष्कर्ष



काठमाडौं, ३० असोज । जाडोमा साना साना थोपाहरुको कारण संक्रमणको खतरा अझ बढ्न सक्छ । खोकी र हाच्छिउँको क्रममा श्वास नलीबाट निस्कने कणहरुले कोरोनाको संक्रमण बढाउन सक्छ ।

यो दावी अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीमा हालसालै गरिएको अनुसन्धानको हो । अनुसन्धानमा सक्रिय येंयिंग झूका अनुसार संक्रमण रोक्नका लागि चिसो मौसममा केवल सामाजिक दूरी कायम गर्ने कुरा मात्रै पर्याप्त हुँदैन ।

झुका अनुसरा अनुसन्धानको क्रममा उनीहरुले अधिकांश अवस्थामा श्वासप्रश्वासबाट निस्कने कणहरु ६ फुटसम्म फैलनसक्छ । घरहरुमा सामान्यतः चिसो स्थानवाला खाली जग्गा जहाँ सामान्य त चिसो बनाउने साधनहरु हुन्छन्, त्यहाँ आद्रता पनि कम हुन्छ । यस्तो अवस्थामा संक्रमणको खतरा अत्यधिक रहन्छ ।

चिसोमा यसकारण हुन्छ बढी खतरा चिसो मौसममा किन बढी खतरा हुन्छ भन्ने प्रश्नमा अनुसन्धानकर्ताहरुका केही तर्कहरु रहेका छन् । उनीहरुका अनुसार गर्मी र सुख्खा स्थानमा रेस्पिरेटरी ड्रप्लेटहरु वाष्पित हुन्छन् । यसपछि बचेका केही भाग दोस्रो ड्रपलेटसँग मिलेर नयाँ ड्रपलेट बन्छ । तर तापक्रम कम हुँदा यो वाष्पित पनि हुँदैन र जोखिम बढ्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार रेस्पिरेटरी ड्रपलेटको आकार १० माइक्रोन्सभन्दा सानो हुन्छ । यो हावामा लामो समयसम्म टिक्न सक्छ । श्वास लिनेक्रममा यो कण मानिसको शरीरभित्र जान सक्छ । गर्मीमा भन्दा जाडोमा यस्तो जोखिम बढी हुन्छ । झूका अनुसार यी सबै कुरा वरिपरिको माहौलमा निर्भर हुन्छ ।

अनुसन्धानको मार्फतबाट मानिसलाई सचेत गराइएको हो ताकि मानिसहरु सचेत र सतर्क हुनसकून र जोखिम घटोस् । यसअघिका अनुसन्धानहरुले पनि जाडो मौसममा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै थप सचेत रहनुपर्ने निष्कर्ष सार्वजनिक हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता