Logo

महिलामा मात्रै होइन पुरुषमा पनि बाँझोपन बढ्यो, यसको कारण र उपचार



काठमाडौँ। आमा बन्नु प्रत्येक महिलाको लागि एक गर्वको अनुभूति गर्नु हो। तर, कहिलेकाहिं महिलाहरुले आमा बन्न निकै कठिनाइहरूको सामना गर्नुपर्दछ। यस बाहेक केहि महिलाहरुले परिवारबाट लाखौँ चुनौती खेप्दा खेप्दै र आफ्नै कारणले पनि आमा बन्न असफल हुन्छन्। तर, सबै अवस्थामा महिलामात्रै दोषी हुँदैनन्, यसमा पुरुषको पनि कमिकजोरी हुनसक्छ।

वर्तमान परिपेक्षमा पुरुषहरुको गलत खानपान र अस्तव्यस्त जीवनशैलीका कारण अहिले पुरुषहरुमा प्रजनन् क्षमतामा ह्रास आउन थालेको छ। पुरुषको वीर्यमा शुक्राणुको संख्यामा कमि आउनु र यसको प्रजनन् क्षमतामा ह्रास आउँदा महिलाहरु आमा हुनबाट बन्चित हुने गरेका छन्। पछिल्लो समय बच्चा नभएपछि अस्पताल पुगेका दम्पतीमध्ये पुरुषहरुमा पनि बढी बाँझोपन देखिन थालेको चिकित्सकहरु बताउँछन् ।

पुरुषमा हुने बाँझोपन के हो ?

सामान्य भाषामा पुरुषमा बाँझोपन भनेको पुरुषहरूको पिता हुने क्षमतामा कमि आउनु हो वा सन्तान सुखबाट बन्चित हुनु हो। पुरुषमा शुक्राणु राम्रोसँग उत्पादन नभएमा वा शुक्राणु धेरै कमजोर भएमा यस्तो समस्या निम्तिने गर्दछ। जसका कारण महिलाले सन्तान सुखबाट बन्चित हुनु पर्दछ।

पुरुषमा हुने बाँझोपनका प्रकार :

कम गुणस्तरको शुक्राणु
शुक्राणु आकार सहि नहुनु
शुक्राणु संख्यामा कमि आउनु
पुरुषमा हुने बाँझोपनका लक्षण

हर्मोंन्सहरुमा हुने गडबडीका कारण पुरुषहरुमा बाँझोपन हुने गर्दछ। यस्तो अवस्थामा समयमा उपचार आवश्यक पर्दछ। त्यसैगरी, खराब जीवनशैलीका कारण पुरुषहरुमा हर्मोन्सको गडबडी हुन्छ। अत्यधिक धुम्रपान र मदिरा सेवनले हर्मोन्समा समस्या निम्त्याई पुरुषमा बाँझोपनको समस्या देखिने गर्दछ। यसबाहेक, यदि सुँघ्ने क्षमतामा कमि आउनु पनि बाँझोपनको एक लक्षण हो। यदि, तपाईंको सुँघ्ने क्षमता हरायो भने तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक पर्दछ।

यसको उपचार के हो ?

सर्वप्रथम जीवनशैलीमा परिवर्तन ल्याउनु नै एक प्रमुख उपचार हो। जीवनशैलीमा परिवर्तन भनेको स्वस्थ खानपान, नियमित व्यायाम र स्वास्थ्यमा असर नपुग्ने गतिविधि हो। यसबाहेक शुक्राणुको गुणस्तर र संख्यालाई बढाउन चिकित्सकको उचित परामर्श पनि लिन सकिन्छ भने यसलाई योग र आयुर्वेदिक पद्दतिबाट पनि ठिक पार्न सकिन्छ। शुक्राणुको गुणस्तर र संख्यालाई बढाउन योगका दुई भुजंगासन र नौकासन निकै प्रभावकारी हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता