Logo

पति निकले ल्याएका थिए पत्नि प्रियंका चोपडाको जन्मदिनमा पाँच लाखको केक



एजेन्सी । बलिउडकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी निकसँग बिहे गरेपछि उनी घुमघाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउडबाट टाढा जस्तै भएकी छन् । तर पति निकका कारण उनी चर्चामा आइरहन्छिन् ।

भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन्। उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् ।

अगाडी थप्छिन् अचम्मको लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’ उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’ उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन् । जसको मूल्य पाँच लाख परेको थियो ।

तेस्तै , निक र प्रियंकाले ओस्कार मनोनितको नाम घोषणा गर्ने
यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ । यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यसबारे थाहा थिएन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता