Logo

भारतीय चर्चित कमेडियन कपिल शर्मा बने छोराका बाबु, बधाई दिन फ्यानहरुको ओईरो



एजेन्सी । भारतीय चर्चित कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रतले दोस्रो सन्तान पाएका छन्। पत्नी गिन्नी चतरथले आज बिहानै छोरा जन्माएकी छन् । सोमबार बिहान कपिल शर्माले ट्विट गर्दै आफ्नो दोस्रो बच्चा भएको जानकारी दिएका हुन्।

‘नमस्कार आज बिहान हामी छोराबाट धन्य भएका छौं, भगवानको कृपाले बच्चा र आमा दुबै ठिक छन्, सबैको माया, आशिर्वाद र प्रर्थनाका लागि धन्यवाद। लभ यू अल। गिन्नी एन्ड कपिल,’उनले ट्विटरमा लेखेका छन्। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् । तपाइहरुको माया र आर्शिबादका लागी धेरै धेरै धन्यबाद ।उनी दोस्रो पटक पिता बनेपछि उनलाई बधाइ दिनको ओइरो लागेको छ

गत हप्ता नै कपिल शर्माले ट्विटर मार्फत आफ्नो परिवारमा नयाँ सदस्य थपिन लागेको जानकारी गराएका थिए। त्यसै कारण उनको द कपिल शर्मा शो पनि केही समयको लागि रोक्ने घोषणा गरेका थिए। उनले एक फ्यानको प्रश्नलाई जवाफ दिँदै नयाँ बच्चाको स्वागत गर्न आफ्नी श्रीमती गिन्नीसँग घरमा बस्न जरूरी भएको बताएका थिए।

यस अघि कपिल पत्नी गिन्नी २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरीको नाम अनायरा हो । केही समय पहिले कपिललले आफु बाबु बन्न लागेकाले केही समयका लागी शोबाट ब्रेक लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता