Logo

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल किन आएनन् (भिडियो हेर्नुहोस्)



इन्द्रेणीको आफ्नै व्यापक समाजशास्त्र छ । करोडौंकरोड बजेट चलाउने आफ्नै व्यापक अर्थतन्त्र छ, ‘इन्द्रेणी अर्थतन्त्र’ । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ ।

अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छत्तीस जातका मान्‍छे उपस्थित हुन्‍छन् ।

बालकदेखि, किशोरवय, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबैलाई मोहित पारेको छ यसले । भन्दा पनि तराई मधेसको कला, भाषा, भाका, मान्‍छे र पहिरन देखेको छैन मैले इन्द्रेणीमा । आशा छ, समयक्रममा त्यो पनि आउनेछ ।

समाजमा रोग, शोक र भोकले गलेका मान्‍छेहरू पत्ता लाउने, देशका कुनाकाप्चा धाएर तिनकामा पुग्ने वा तिनलाई बोलाएर सुम्सुम्याउने, महलम लगाउने र सय थरी सहानुभूतिका चेपारो भन्दा सयको नोट पाए ठूलो हुने दुःखी गरिबलाई केही न केही नगद हातमा राखिदिएर सारा संसारलाई गरेर देखाउने ।

त्यसमाथि लोकभाका र लोकसंस्कृतिको जगेर्ना गर्ने, त्यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने, अनेक प्रतिभाहरूलाई पहिचान गरेर ल्याई तिनको प्रवध्र्दन गरिदिने ।

अनि दान, दातव्य गर्ने परोपकारी भावना भएका मान्‍छेहरूको खोजीमार्फत समाजमा एकता, प्रेम, सदाशयता र भाइचाराको मूल्य पनि बढाउने । अनि धनको अभावमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई सहरमा पढाउने चाँजोपाँजो पनि मिलाउने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता