Logo

अमिर खानले हरेक बर्ष अमिताभ बच्चनकी छोरी श्वेतालाई पत्र लेख्छन्, यस्तो छ रोचक कारण



काठमाडौं । बलिउड फिल्म उद्योगमा आफ्नो छुटै पहिचान बनाएका अमिताभ बच्चनको छोरी श्वेता पनि सामाजिक सञ्जालमा निकै सकृय छन् । फिल्ममा उनलाई नदेखिएको भएपनि अमिताभसंग धेरै विज्ञापनहरुमा भने उनी देखिएकी छन् ।

अमिताभकी उनै छोरी श्वेतालाई अभिनेता अमिर खानले हरेक वर्ष एउटा पत्र लेख्छन् । त्यसको एक विशेष कारण छ । उनले सो कुराको खुलासा हालै एक टिभी शो मा गरेकी छन् । उनी आफ्नो नन्द र भाई अभिषेक बच्चनका साथमा कफि विथ करनमा गएकी थिइन् ।

अन्तरवार्ताका क्रममा अभिशेकले श्वेताको धेरै नयाँ कुराको खुलासा गरिदिएका थिए । सो कुरालाई श्वेताले पनि स्वीकार गरेकी छन् ।

श्वेता दुई बलिउड सुपरस्टारहरूको ठूलो प्रशंसक हुन् । ति अभिनेतासंग उनको रोचक प्रशंग छ । सलमान खान र अमिर खान ति बलिउड अभिनेता हुन् । जो संग उनको रोचक प्रशंग छ । अमिरले उनलाई प्रत्यक वर्ष पत्र लेख्ने गरेका छन् । यसको विशेष कारण छ ।

श्वेता बच्चन नन्द कक्षा १० मा अध्ययन गर्थिन त्यती बेला सलमान खानेका सुपरहिट फिल्म ‘मेने प्यार किया’ रिलिज भएको थियो । सन् १९८९ मा रिलीज हुदाँ को त्यो क्षण स्मरण गर्दै उनले भनेकी छन् मैले यो फिल्म भिसिआरमा हेरेको थिए । यति मात्र होइन, फिल्ममा लगाएको ‘फ्रेन्ड’ क्याप अभिषेकसँग मगाएकी थिए ।

शोमा श्वेता सुपरस्टार आमिर खानको बारेमा पनि एउटा कुरा खुलासा गरेकी छन् । आमिर श्वेतालाई हरेक बर्ष चिठी लेख्ने गर्छन्। आमिर र आफ्नो जन्मदिन नजिक पर्छ । उनले जन्मदिनको अवसरमा श्वेतालाई पत्र लेख्ने गरेका छन् ।

जन्मदिनको शुभकामना सहित उनले पत्र लेख्न कहिल्यै छुटाउँदैनन् । श्वेताको जन्मदिन १७मार्च हो भने आमिरको जन्मदिन १४ मार्च रहेको छ ।

श्वेता बच्चन प्रसिद्ध फेसन ब्रान्ड एमएक्सएस को व्यवस्थापकिय जिम्मेवारी हेर्छिन् । उनले आफ्नो उपन्यास प्याराडाइज टावर्स बाट लेखन करियर शुरू गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता