करिष्मा कपुरले बेच्न लागिन् मुम्बईको आफ्नो घर, यति तोकिन् मुल्य

भारतीय अभिनेत्री करीष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्ने भएकी छिन् । उनले त्यो घर किनेको एक बर्ष नवित्दै बेच्ने भएकी हुन् । यो खबरबारे करिष्माले प्रतिक्रिया भने दिएकी छैनन् ।
भारतीय मिडियामा आएको खबर अनुसार करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् ।
करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०।११ करोड बताइएको छ ।
१,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेचिरहेकी छिन् । यसअघि करिष्मा कपुरले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १।३९ करोडमा बेचेकी थिइन् ।
करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ । उनले उक्त घर किन बेच्न लागिन् त्यो भने खुलेको छैन ।