Logo

शाहरुखको पठान सुटिङ सेटमा झगडा



एजेन्सी । बलिउड अभिनेता शाहरुख खान हालका दिनमा निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । केही दिन अघि मात्र फिल्मको सुटिङ सेटमा निर्देशक सिद्धार्थ र उनको सहायकबीच झगडा भएको खबर बाहिर आएको थियो ।

समाचार अनुसार निर्देशक आनन्दले एक सहायकलाई फोनसँगै नराख्न भनेका थिए । तर सहायकले यो कुरालाई मानेनन् । जब सिद्धार्थले सहायकलाई हप्काए, त्यसपछि दुई पक्षबीच विवाद सुरू भएको थियो । माहोल तातिदै गएपछि सिद्धार्थले सहायकमाथि हात उठाए ।

यसको प्रतिषोधमा सहायक पनि सिद्धार्थमाथि जाइलागे । जसकारण सेटको माहोल बिग्रियो र सुटिङ रोक्नु पर्यो ।

यो घटनापछि यशराज फिल्मस्ले ती सहायकलाई कामबाट निकालेको छ । तर घटनालाई लुकाउनका लागि सुटिङका केही सदस्यले यी सबै खबर गलत भएको दाबी गरेका छन् । निर्देशक र अन्य सदस्यबीचको सम्बन्ध सुमधुर रहेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता