Logo

वरुण धवनको रिसेप्सन पार्टी ५ दिनसम्म चल्नेछ



एजेन्सी । यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ ।

यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ ।

वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो । यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् ।

उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।

यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता