Logo

विराट कोहली र अनुष्का शर्माको जन्मीयो बच्चा, २४ मिनेटमै भएको यो घटना



सोमबार कोहलीले ट्वीट गर्दै पुत्री लाभ भएको जानकारी गराएका हुन्। ‘हामी दुबै जनालाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि, आज साँझ हाम्रो छोरी भएको छ। हामी तपाईंहरूको माया र मंगल कामनाको मन देखिनै आभारी छौं,’कोहलीले लेखेका छन्। अनुष्का र छोरी दुबैको स्वास्थ्य ठिक भएको उनले बताएका छन्।

‘हाम्रो सौभाग्य हो कि हाम्रो जिन्दगीको यो च्याप्टर अनुभव गर्न पायौं,’उनले लेखेका छन्,’हामीलाई थाहा छ तपाईंहरूले यो समयमा हामीलाई केही गोपनियता आवश्यक भएको बुझ्नुहुन्छ।’

उनीहरू आमा(बावु बन्न लागेकोबारे पहिले नै घोषणा गरेका थिए। कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्। अनुष्का शर्माले आमा बन्नु अघि विभिन्न म्यागजिनका लागि प्रेग्नेन्सी फोटोसुट समेत गराएकी थिइन्।

“जीवनको यो नयाँ अध्याय अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो,” भन्दै उनले यतिबेला आफूहरूलाई अलिकति गोपनीयता आवश्यक भएको उल्लेख गरेका छन्। सो घोषणापछि उनीहरूका प्रशंसकहरूले ट्विटर र इन्स्टाग्राममा कोहली दम्पतीलाई बधाई दिएका छन्।

यो जोडी सामाजिक सञ्जालमा ज्यादै चर्चित छ र दशौँ लाख प्रशंसकहरूले उनीहरूलाई फलो गर्छन्। कोहलीको इन्स्टाग्रामको पोस्टमा मात्र २४ मिनेटमा १० लाख जनाले लाइक गरेका थिए।

शर्मा पनि भारतीय चलचित्र उद्योगमा सफल नायिका हुन्।उनले पीके, सुल्तान, दिल धडकने दो र ये दिल है मुश्किल आदि विभिन्न चलचित्रमा अभिनय गरेकी छन्।

हालै शर्माले आलोचकहरू रुचाएको वेब शृङ्खला ‘पाताल लोक’ निर्माण गरेकी थिइन्। क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक कोहली अस्ट्रेलियासँगको महत्त्वपूर्ण क्रिकेट शृङ्खला बीचमै छोडेर भारत आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता