Logo

पशुपतिमा तीजका ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध



 

काठमाण्डौ,भदौ १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता