Logo

परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण बारे सुवालले दिए यस्तो टिप्पणी



काठमाण्डौं,भदौ १८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् ।

उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो सरह स्वागत गरेको भनेर चर्चा भएपनि लेण्डुप दोर्जेको घटना बिर्सन नमिल्ने बताएका हुन् । संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद सुवालले भने, ‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री सरह स्वागत गरेको भनेर चर्चा गरिएको छ । तर, हामीले बिर्सनु हुन्न कि लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको कुरा ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता