Logo

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा १ जना बालिकाको मृत्यु, ३ जना घाइते



पाँचथर,भदौ १४ गते । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका ४ बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको विएनसीअस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बी एण्ड सी अस्पतालमा रेफर गरिएको छ।

त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो । सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । तर नेपाली सेनाको टोलीले पुष्टि गर्नुपर्ने प्रहरीले जनाएको छ।

घटनास्थलमा फेला परेको विस्फोटक पदार्थले स्थानीयहरु त्रसित भएका छन । सुरक्षाकर्मीले विस्फोट भएको ठाउँमा ‘होममेड ग्रिनेट’ फेला पारेको छ। घटना कसरी भयो भन्ने ’boutमा अनुसन्धान भइरहेको र थप विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता