Logo

नेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रम



काठमाण्डौं,श्रावण ९ गते ।  युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन टिम तयारीका लागि वैदेशिक प्रशिक्षण गर्न मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा जाने पारा तेक्वान्दो खेलाडी तथा टिम अफिसियलहरुलाई बिदाई तथा शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महासचिव दीपराज गुरुङ्ग समेतको उपस्थितिमा खेलाडी पलेशा गोवर्धन, भरत सिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई शुभकामना व्यक्त गरियो ।

पेरिस २०२४ पाराओलम्पिक गेम्स्लाई मध्यनजर गरी मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा जुलाई २५, २०२४ देखि अगस्ट २३ सम्म “पारालम्पिक प्रिपेरेसन क्याम्प” मा सहभागी भई वैदेशिक प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली त्यस तर्पm जुलाई २४, २०२४ मा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उक्त वैदेशिक प्रशिक्षण पश्चात पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली मिति २३ अगस्ट, २०२४ मा म्यान्चेष्टरबाट फ्रान्स् प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

खेलाडी भरत सिंह महताको २९ अगस्टको दिन के–४४, पुरुष ५८ के.जी मुनि तौल समूहमा र खेलाडी पलेशा गोवर्धनको ३० अगस्टको दिन के–४४, महिला ५७ के.जी मुनि तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता