Logo

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित



काठमाडौं, साउन ६गते । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ ।
माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्‍यो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन छ ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।
अब शनिवारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुनेछ । कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाईनल खेल्नेछ । सेमिफाईनलका दुवै खेल आउने सोमबार हुनेछ । फाईनल खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता