Logo

युवाले देशको भविष्य देख्नुपर्छ : युवामन्त्री चौधरी



काठमाण्डौं,साउन ५ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली युवालाई आफ्नो भविष्य स्वदेशमै खोज्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद्सँग शुक्रबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले भने, ‘नेपाली युवाले सहजै उद्यमशील बन्न सक्ने वातावरण बनाउनु पर्ने मुख्य चुनौती नेपाली युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउनु हो । यसतर्फ सरोकारवाला सबै गम्भीर हुनुपर्छ ।

मन्त्री चौधरीले युवाशक्तिलाई मात्रै देशको समृद्धिमा परिचालन गर्न सकिने उल्लेख गरे । ‘विमानस्थलबाट दैनिक नेपाली युवा विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, सोच्ने बेला आएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको अपेक्षाको तुलनामा बजेट अपुग भएको बताए । कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा रहेकाले सरकारले युवाहरूले भोगेका प्रश्न र समस्यालाई उच्च प्राथमिकता दिनुपर्छ ।

युवा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यविधि परिमार्जन गरी युवा उद्यमशीलता कार्यक्रम सञ्चालनमा संलग्नलाई जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्याल्ले मन्त्रालय र परिषद्बीच समन्वय हुनुपर्ने र युवाको पक्षमा नतिजामूलक काम गर्नुपर्ने बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरेले काउन्सिलले गरेका कामका साथै नयाँ आर्थिक वर्षमा गर्ने कार्यक्रम र योजनाको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता