प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

काठमाण्डौं,असार २६ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।
प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।