Logo

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद बिस्तार मनाङ्गे छैटौं पटक मन्त्री



पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए ।

फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका छन् । उनले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए बापत मन्त्री पाएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्री पाण्डेले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिकअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए ।

समग्रमा मनाङे गण्डकीमा छैटौं पठक मन्त्री  भएका छन् ।

सर्वोच्च अदालतले ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि नेपाली कांग्रेसका नेता पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि उनलाई हटाउँदै नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । अधिकारीले सभामुखकोसमेत मत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्चले बदर गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता