Logo

आज यी प्रदेशमा मौषम बदली हुने सम्भावना



काठमाण्डौं,जेठ ७ । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ ।

काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता