Logo

पारा ओलम्पियन पलेशा गोर्वधन चिनको शाङघाई जाने



काठमाण्डौं,भदौ १० । पलेशा गोवर्धन पारा तेक्वान्दो प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययन गर्न टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चरमा भदौ ११ गते चिन प्रस्थान गर्र्दै छन् ।

आगामी २०२३ अक्टुबर २२ देखि २८ सम्म चिनको हान्झाऊ शहरमा हान्झाउ एशियाली पारा खेलकुद हुँदै छ । नेपालको पारा तेक्वान्दो खेलबाट गोवर्धनले सहभागी हुनेछ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ्ग, केन्द्रिय सदस्य बब्लु शिवाकोटी र राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालगायतले पलेशालाई विदाई गरेका छन् ।

गोवर्धन विश्व वरियतामा ७औं स्थानमा छन्, टोकियो २०२० पाराओलम्पिकमा पलेशाले अमेरिका, सर्वेयाका खेलाडीलाई हराएर पदकको नजिक पुग्दा चिनका खेलाडी लीयुली संग पराजित भएकी थिइन् । बहराईन युथ एशियली खेलकुदमा एतिहासिक स्वर्ण पदक समेत जितेकोले नेपालले गोवर्धन संग पदकको ठुलो आशा गरेको छ ।
गोवर्धन चिन जान साथ राम्रो तेक्वान्दो क्लबमा ट्रेनिङ्ग गरेर हान्झाउ एशियाली पारा खेलकुद खेल्ने हुने छ । नेपाल तेक्वान्दो संघबाट चिनको तेक्वान्दो संघ संग समन्वय गरेर तेक्वान्दो प्रशिक्षणको व्यवस्थाको मिलाउने प्रयास भइरहेको प्रशिक्षक लामाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता