Logo

उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य क्यानडा, खर्च कति लाग्छ ?



काठमाण्डौं,पुष २३ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरुको चासो बढीरहेको देखिन्छ । यसैबिच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरु, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरुले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरु र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए ।

विद्यार्थीहरुले क्यानाडा गएपछि सुरुवाती दिनहरुमा कामभन्दा पनि पढाईलाई बढी प्राथमिकतामा राख्न सुझाव दिदै पढाई पछि विद्यार्थीहरुले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरु प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने कुरालाई जोड दिएका थिए । सो अवसरमा अर्का परामर्शदाता सतिस भट्टले हरेका आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दा भिन्दै आवेदन दिनु प्रभावकारी हुने बताए ।

त्यस्तै परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरुलाई ढुक्क भएर पि.टि.इ. तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए । क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ्ग, हस्पिटालिटी, नर्सिङ्ग, फोटोग्राफ्री , बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता