आज गण्डकी र लुम्बिनीमा वर्षा हुने सम्भावना

काठमाडौं ,भदौ ३ । बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।