विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको आईपीओ खुल्ला

काठमाण्डौं,जेठ २१ । विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख ३६ हजार ७०८ जनाले आवेदन गरेका हुन् ।
कम्पनीले हिजो शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमा ३ लाख ३६ हजार ७०८ जना आवेदकले ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन भरेका हुन् ।
आईपीओमा यही जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले कम्तीमा १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन भर्न पाउने बिक्री प्रबन्धकले जनाएको छ । यो कम्पनीको सेयर आवेदकमध्ये १ लाख ३६ हजार ५०० जनाले गोलाप्रथाबाट सेयर पाउनेछन् ।