Logo

नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिदै



काठमाण्डौ,बैशाख २१ । नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो रेट्रो मोटरसाइकल ल्याउने तयारी भइरहेको र अबको केही महिना भित्रै नेपाल भित्रिनै बताएको छ । कम्पनी स्रोतका अनुसार सायद चालु आर्थिक वर्ष भित्रै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । नेपाली नयाँ वर्षको अवसरमा लन्च हुने चर्चा भए पनि सो मोटरसाइकल औपचारिक रुपमा नेपाली बजारमा लन्च भएको छैन ।

रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

यो नयाँ मोटरसाइकललाई टीभीएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।

रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ । वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ । भारतमा यसको मूल्य १ लाख ४९ हजार भारु देखि प्रारम्भ हुन्छ । नेपाली बजारमा यसको मूल्य ४ लाख ५० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता