Logo

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि



एजेन्सी । बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि डि योङले बार्साको अग्रता दोब्बर बनाए ।

त्यसपछि कप्तान लियोनेल मेस्सीले दुई गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । रोनाल्ड कोमानको नेतृत्वमा बार्सिलोनाले पहिलोपटक उपाधि जितेको हो । सन् २०१९ पछि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

यता, एथ्लेटिकले भने दुई हप्ताको अन्तरालमा दुईवटा कोपा डेल रे फाइनल हार्न पुगेको छ । गत अप्रिल ३ मा सन् २०२० को फाइनल ढिला गरी खेलाइएको थियो । त्यसमा एथ्लेटिको रियल सोसिडाडसँग हार्न पुगेको थियो ।

अर्को समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेका छन् ।
तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उग्रगुटवादीहरुलाई सह्य नभएको प्रसंग उल्लेख गर्दै उनले तीनै शक्तिको षडयन्त्रको क्वाइमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे ।

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उनले प्रधानमन्त्री केपी ओली निकटका उग्र गुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षड्यन्त्र एकीकरण भंग भएसँगै क्लाइमेक्समा पुगेको दाबी गरे । उनले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे ।
उनले भने, ‘केपी गुटका प्रत्यक्षरूपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो ।

नेता भेटियो भन्ने थियो । तर केपी र केपी नजिकका केही उग्रगुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाइमेक्सको रुपमा अहिलेको राजनीति छ । गण्डकी प्रदेशमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता