Logo

बृहत रक्तदान कार्यक्रम सम्पन्न



काठमाण्डौ,साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासंघको आठौं स्थापना दिवसका अवसरमा बृहत रक्तदान कार्यक्रम गर्‍यो ।

आईतवार काठमाण्डौंको डिल्लीबजारमा सम्पन्न उक्त कार्यक्रम नेपाल फर्निचर तथा फर्निसिङ्ग काठमाण्डौं र लायन्स क्लब अफ काठमाण्डौं सेन्ट्रल संघको सहकार्य र यति कार्पेटले प्रायोजन गरेको थियो । त्यस्तै प्राविधिक सहयोग भने हिमाल हस्पिटल प्राली ले सहयोग गरेको थियो ।

नेपालमा कोरोना संक्रमण पछी रगतको अभाव भएको हामीले थाह पाएकै छौं र हामी फर्निचर ब्यावसायीलाई पनि आवश्यक परेको बेला रगतको अभाव हुन नदिन यो आठौं स्थापना दिवसको अवसर पारेर यो कार्यक्रम गरिएको आयोजक समितीका संयोजकले बताउनु भयो ।

ब्यावसायी,कामदार र अन्य गरी करीब १०० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता