Logo

बालेन्द्रले यतिका दिनसम्म के हेरेर बसे भन्दै सडकमा निस्किए १६ नम्बरका वडाध्यक्ष फोहोर उठाउन



 

काठमाडौं । काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा भएपनि व्यबस्थापन गर्न लागेका हुन् ।

दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न शुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ। यसैबीच काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाउन थालेका छन् ।

आज सडकमा थुप्रिएको फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका उनले आफूलाई सहयोग गर्ने काठमाडौं महानगरका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् । महानगरपालिकाले यतिका दिनसम्म पनि फोहोर उठाउन नसकेपछि बाध्य भएर वडाले नै पहल गर्नु परेकोले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता