Logo

गरिमा विकास बैंकले ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता



काठमाण्डौं, जेठ २१ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेको छ । शुक्रबार रिसोर्ट र बैक बिच सम्झौता भएको हो ।

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सकिन्छ ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता