Logo

बलिउड चलचित्र ‘एनिमल’ छायांकनका लागि भारत जाने तयारीमा विपिन कार्की



 

काठमाडौं । बलिउड चलचित्र ‘एनिमल’ छायांकनका लागि चर्चित अभिनेता विपिन कार्की भारत जाने तयारीमा छन् ।सन्दीप रेड्डीले निर्देशन गर्ने यो फिल्ममा विपिन बलियो भूमिका निर्वाह गर्ने अवसर पाएसँगै भारत जाने तयारीमा लागेका हुन् । यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका विपिनले रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल जस्ता कलाकारहरुसँग स्क्रिन सेयर गर्नेछन् ।

फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्ने फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेसँगै उनको चर्चा थप चुलिउको हो ।

फिल्म एनिमल ग्याङस्टर कथा रहने र यो फिल्मका मुख्य पात्रबीचको द्वन्द्वात्मक सम्बन्धको कारण मुख्य पात्रलाई जनावरको स्वभावमा परिणत हुन बाध्य हुने कथावस्तु समेटिएको आईएमडीबीले उल्लेख गरेको छ ।यो फिल्म निर्माण टिमले आइएमबीडी अकाउन्टमा समेत विपिनको नाम समावेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता