Logo

जनस्वास्थ्यकर्मी महासंघ लमजुङको अध्यक्षमा सेढाई निर्वाचित



अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, जिल्ला समन्वय समिति लमजुङको अध्यक्षमा लक्ष्मीप्रसाद सेढाई निर्वाचित भएका छन् भने सचिवमा दिपक बहादुर बोम्जन निर्वाचित भएका छन् ।

शनिवार बेशिशहरमा सम्पन्न महासंघको प्रथम ऐतिहासिक भेला तथा स्थानिय तहहरुको संयुक्त भेलाबाट सेढाईको नेतृत्वमा जिल्ला समन्वय समिति चयन गरेको हो ।
कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय नेता शम्भु चापागाई, माओवादी केन्द्र लमजुङका नेताहरु सुनिल सुनार, होम बहादुर विकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता