Logo

बर्षमा एक पटक सर्भिसिङ गराए पुग्ने बीएमडब्ल्यु बाइकको मूल्य कति ?



काठमाडौं । बलियो र मजबुत इन्जिनका कारण जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक नेपाली बजारमा लोकप्रिय बन्दै गइरहेका छन् ।

नेपाल भित्रिएको दुई बर्षमै बीएमडब्ल्युका बाइक २ सय ५० वटा विक्री भइसकेको आधिकारिक वितरक बीएमडब्ल्युु मोटरार्ड नेपाल जनाएको छ ।

आकर्षक डिजाइन, आरामदायी फिचर्स र बलियो तथा मजबुत बनावटका कारण यी बाइक लोकप्रिय बनेको वितरक कम्पनीको दाबी छ ।

बाइक खरिद पश्चात उपलब्ध गराउने सेवा सुविधा समेत उत्कृष्ट दिने गरेकाले सर्भिसिङका लागि ग्राहकले घरिघरी वर्कशप धाइरहनु नपर्ने दाबी छ ।

हरेक १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक फुल सर्भिसिङ गराए पुग्ने र त्यसवापत ५ हजार ५ सय रुपैयाँ खर्च लाग्ने कम्पनीको दाबी छ ।

काठमाण्डौको अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर तथा सोरुम रहेको यो बाइकका लागि स्पेयर पार्ट्स स्टकमा रहने गरेको छ ।

बजारमा उपलव्ध यही रेन्जका अन्य बाइकको हाराहारीमै स्पेयर पार्ट्सको मूल्य निर्धारण गरिएको छ ।

हाल बजारमा यसका चार मोडल उपलब्ध छन् । जसको मुल्य ९ लाख ५० हजारदेखि ११ लाख १५ हजार रुपैयाँसम्म पर्छ ।

बीएमडब्ल्युले केही वर्ष यता शौखिन युवाहरुलाई लक्ष्यित गरी प्रिमियम सेगमेन्टका बाइक उत्पादन गर्दै आएको छ ।

अन्य ब्रान्डको तुलनामा फरक र प्रतिस्पर्धा गर्न नसक्ने किसिमका बाइक यसले उत्पादन गर्दै आएको छ ।

बाइकमा एबीएस, अपसाइड डाउन टेलिस्कोपिक फोर्क, ६-स्पिड गियरबक्स, एड्जस्टेबल रियर पेलोड, स्मोक्ड टर्न सिग्नल लेन्स, एलईडी रियर लाइट र अन्य विभिन्न फिचर उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता