Logo

२४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना, काठमाडौं उपत्यकामा २२ सय ८३ जना संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

त्यस्‍तै पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ। काठमाडौंका १८८८ ,ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता