Logo

२४ घन्टामा २ हजार ७१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ लाख ७ हजार नाघ्यो



काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर : बिजु महर्जन/कान्तिपुर

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

 

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १७ हजार ६ सय ६६ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता