Logo

१७ हजार १ सय ६४ जना संक्रमित होम आइसोलेसनमा



काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शनिबार ३० हजार ८ सय १८ जना सक्रिय संक्रमितमध्ये १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार २ सय ६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार १ सय ६४, प्रदेश २ मा ५ सय ७९, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४, सुदूरपश्चिम प्रदेशमा ४ सय ४०, गण्डकी प्रदेशमा ५८० र कर्णाली प्रदेशमा ४११ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता