Logo

६४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, चैत २५ । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ । समाचार अनलाइन खबरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता