Logo

बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु



काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कोभिड-१९ संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको छ। उपमहानगरको वडा ११ र वडा १७ का एक एक जनाको मृत्यु भएको हो।

वडा १७ निवासी ८१ वर्षीया पुरुषको असोज २७ गते कोभिड-१९ पोजेटिभ देखिई लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा  भर्ना भएका भएका थिए। बुधवार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र प्रेसरका रोगी रहेका थिए। जरो र श्वासप्रश्वासमा समस्या देखिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी वडा ११ का एक ४७ वर्षका पुरुषको पनि कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। असोज २४ गते संक्रमण पुष्टि भई सघन उपचार कक्षमा भर्ना भएका उनको बुधवार बिहान १: १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता