Logo

काठमाडौं उपत्यकामा थपिए २३८८ जना नयाँ कोरोना संक्रमित



काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।

देशका विभिन्न ल्याबमा गरिएको १५७१४ जनामा गरिएका पिसिआर टेस्टमा देशभर ३ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ९४ हजार ५ सय १ पुगेको छ।

आज देशभर ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता