कोरोना अपडेट

बिपी प्रतिष्ठानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

इटहरी-२० का ७८ वर्षीय वृद्धको उपचार क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए।

उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *