Logo

काठमाडौं उपत्यकामा थपिए २४०२ जना संक्रमित



पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंका मात्र १७८४ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना संक्रमित थपिएका छन्।

देशभर भने थप ४३९२ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२६१३७ जना पुगेको छ।

मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको संख्या ३५२२ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८८०४० जना पुगेको छ।

आजको पीसीआर १६५३१ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३७३८२ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १२३३६ जना र होम आइसोलेसनमा २५०४६ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४८०८ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता