कोरोना अपडेट

देशभर ३६ हजार ३६७ जना संक्रिय संक्रमित, २१ हजार ५४८ जना होम आइसोलेसनमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बुधबार ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित मध्ये २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १४ हजार १५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ९५, प्रदेश २ मा ५ सय ७२, लुम्बिनी प्रदेशमा २ हजार ९७, सुदूरपश्चिम प्रदेशमा ६ सय २९, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *