Logo

पाकिस्तानमा महंगी बढ्दा श्रीलंका जस्तै संकट आउने सम्भावना



एजेन्सी,जेठ २१ । पाकिस्तानमा महंगी बढ्दै गइरहेको छ । विश्वका विभिन्न देशले आर्थिक मन्दी झेलिरहेका बेला पाकिस्तानमा पनि नकारात्मक संकेत देखिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा १ हप्तामै पेट्रोलको मूल्य झण्डै १०० रुपैयाँसम्म बढेको छ । राष्ट्रिय अर्थतन्त्र सुधार्न राजस्व बढाउने उद्देश्यले पाकिस्तान सरकारले पेट्रोलको मूल्य बढाएको हो ।

श्रीलंकाको अर्थतन्त्र संकटमा परिसकेको अवस्थामा पाकिस्तान पनि संकटउन्मुख रहेको चर्चा छ तर पाकिस्तानले आर्थिक सहायता पाएमा आर्थिक संकट अन्त्य हुनसक्नेछ ।

पाकिस्तानको केन्द्रीय बैंक बैंक अफ पाकिस्तान ९एसबीपी० का कार्यबाहक गभर्नर मुर्तजा सैयदले भने पाकिस्तानको अर्थतन्त्र श्रीलंकाको जस्तो नभएको बताए । ‘श्रीलंकाको अर्थतन्त्र पर्यटनमा निर्भर थियो तर पाकिस्तानमा त्यस्तो छैन । पर्यटनमा निर्भर रहेकाले कोरोनाका बेला अर्थतन्त्र कमजोर भयो,’ उनले भने ।

श्रीलंका यतिबेला सबैभन्दा खराब आर्थिक संकट झेलिरहेको छ । देशमा विदेशी मुद्राको सञ्चिती खाली भएके छ । जसले गर्दा खाद्यान्न, इन्धन, औषधि जस्ता अत्यावश्यक वस्तुको आयात र आपूर्तिमा समस्या देखिएको छ ।

सैयदले भने, ‘पाकिस्तानको अर्थव्यवस्था चुनौतीको सामना गरिरहेकोमा कुनै शंका छैन । कोरोना महामारीपछि कतिपय देशको अवस्था बिग्रिएको छ, मूल्यवृद्धिको सामना गर्नुपरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता