Logo

गायक देब बहादुर परियार (हिरा) ले ल्याए “आँखा आँखैमा” ( भिडीयो सहित )



काठमाण्डौं,जेठ २१ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्तित्व देब बहादुर परियार (हिरा) को नयाँ सांगीतिक कोसेली “आँखा आँखैमा” सार्वजनिक भएको छ ।

यस गीतमा देब बहादुर परियार (हिरा) र एलिना चौहानको स्वर रहेको छ भने भुवन बडु, भरत भट्ट, समिक्षा चौधरी , कुस्मी चौधरी आदीको कोरस गायन रहेको छ । चर्चित सर्जक भिम कुसारीको शब्द, संगीत रहेको छ ।

गीतमा जिवन बडुको एरेञ्ज तथा मिक्सिङ रहेको छ भने खड्ग बुढाको मादल, रिजेन बडुको गीतार, रत्न बिकको बासुरी र बलराम जैरुको सहनाई रहेको छ । यस गीतलाई बिग परिबेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

शिशिर बुढाथोकीको निर्देशन तथा कोरियोग्राफी, दिपक गिरीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जिबेश गुरुङ, बिना राउत, लालाना चिमरिया, देब बहादुर परियार (हिरा), याम जिसीको अभिनय रहेको छ ।

यस गीतलाई ईनाक्क्षी ईन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता