Logo

मन्त्रीको सुची तयार गर्न ओली र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, २२ असोज । मन्त्रिमण्डल पुर्नगठनलाई टुंगोमा पुर्याउन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच वन टु वन वार्ता भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि मापदण्डसहितको प्रस्ताव सचिवालय बैठकमै अगाडि सारिसकेपनि टुंगोमा पुगेको छैन । यसलाई टुंगोमा पुर्याउन दुई अध्यक्षबीच पटक पटक वार्ता भएपनि निष्कर्षमा पुगेको छैन ।

आजको बैठकले मन्त्रि बनाउनका लागि मापदण्ड बनाएर बढ्न सहमति गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता