Logo

दमकमा टिप्परले ठक्कर दिँदा निरनको पनि मृत्यु, यसअघि अनिषको गएको थियो ज्यान



झापामा टिपरको ठक्करबाट शनिबार साँझ एक जनाको मृत्यु भएको छ । दमकमा भएको उक्त दुर्घटनामा थप एक जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँएको थियो । उक्त घटनामा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले आफ्नो जिम्मामा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता