विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ ।